२०२६ सेप्टेम्बर ७, सोमबार| 9867423197| newskhelhub@gmail.com
ब्रेकिङ
गृहपृष्ठक्रिकेटएसीसी मेन्स प्रिमियर कपमा नेपालको लगातार...
क्रिकेट

एसीसी मेन्स प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित, साउदी अरेबियालाई ५ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश

एसीसी मेन्स प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित, साउदी अरेबियालाई ५ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश
क्वालालम्पुर, मलेसिया एसीसी मेन्स प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो अपराजित यात्रा कायम राख्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा भएको समूह चरणको आफ्नो तेस्रो खेलमा नेपालले साउदी अरेबियामाथि ५ विकेटको सानदार जित दर्ता गर्‍यो।खेलमा साउदी अरेबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। नेपाली बलरहरूको कसिलो बलिङसामु साउदी अरेबियाले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन मात्र बनाउन सक्यो। साउदीका लागि ओपनर अब्दुल वाहिद अब्दुल गफ्फारले सर्वाधिक ७७ रनको योगदान दिएका थिए। नेपालका तर्फबाट कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित मात्र १९ रन खर्चेर ३ विकेट लिए। यस्तै, दीपेन्द्र सिंह ऐरीले पनि ४३ रन दिएर ३ विकेट चट्काए भने ललित राजवंशीले २ विकेट लिए।१९१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालको सुरुवात भने केही कमजोर रहेको थियो। ओपनर अर्जुन कुमाल १५ रन र आसिफ शेख २० रनमा आउट भए। मध्यक्रमका ब्याटर इशान पाण्डेले ४० रन र देव खनालले ३९ रन बनाएर इनिङ्स सम्हाले। अन्तमा गुल्सन झा र कप्तान रोहित पौडेलले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जितसम्म पुर्‍याए। गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै मात्र ३५ बलमा ३ चौका र ३ छक्काको मद्दतले अविजित ४४ रन बनाए भने रोहित पौडेल २४ रनमा अविजित रहे।प्रतियोगितामा यसअघि बहराइन र मलेसियालाई पराजित गरिसकेको नेपाल ६ अंकका साथ समूहको शीर्ष स्थानमा छ। नेपालले अब समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्नेछ।